भोटेकोशीका बाढी पीडितका लागि डोटीको सुजङ्ग स्कुलद्वारा २ लाख २२ हजार २ सय २२ रुपयाँ सहयोग

भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डोटीको सुजङ्ग स्कुलले आर्थिक सहयोग गरेको हो । बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुजङ्ग स्कुलले आर्थिक सहयोग गरेको हो ।

साेमबार सुजङ्ग स्कुलका निर्देशक नरेश बलायरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा हुने गरेर प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत चेक हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीहरुले खाजा खर्चबाट बचाएको रकम, विद्यालयका कर्मचारीको तीन दिनको सेवा सुविधा, जुनियर रेडक्रस र स्कुल व्यवस्थापनका तर्फबाट जम्मा भएको २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरेर चेक हस्तान्तरण गरिएको स्कुलका निर्देशक बलायरले बताए ।

स्कुलले हस्तान्तरण गरेको चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विपत्तिको समयमा स्कुलका तर्फबाट गरेेको आर्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् । स्कुलबाट प्राप्त उक्त रकम आज नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइन् ।

भाद्र १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top