गत भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुर्नस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धनगढीस्थित ओमशान्ती टोलमा रहेको ग्ली एकेडेमीका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन । विद्यालयमा सकृय रहेको ग्ली विद्यार्थी परिषदले रु.२२ हजार ५५० संकलन गरेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको विद्यालय प्रशासनले जनाएको छ । त्यस्तै विद्यालयका कर्मचारी र विद्यालय परिवारले पनि आर्थिक सहयोग गरेर धनगढी नगरप्याब्सन समिति मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा पठाइसकेको विद्यालय प्रशासनले जनाएको छ ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । अहिलेसम्म एक हजार ३ सयभन्दा बढी मानिसको मृत्य भइसकेको पुष्टि भएको छ भने हजारौं नागरिक सम्पर्क विहिन छन । हाल राज्यले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै उद्धार तथा राहत एंव पुर्नस्थापनाको काम अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?