मिडफिल्डर साहारा लिम्बुले उत्कृष्ट प्रर्दशन गर्दा नेपालद्वारा आयोजक भुटान पराजित

६ भाद्र,२०८२ : नेपालका लागि मिडफिल्डर साहारा लिम्बुको दुई सानदार गोल गरेसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हात पार्न सफल भएको छ।

शुक्रबार सम्पन्न खेलमा नेपालले २-० को जित हात पारेको हो। योसँगै नेपालले तीन अंक जोडेको छ। पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

पहिलो हाफमा नेपाल १–०ले पछि परेको थियो। तर, ५८औं मिनेटमा साहारा लिम्बूले नेपाललाई खेलमा फर्काइन्।भुटानी डिफेन्डरले राम्रोसँग बल क्लियर गर्न नसक्दा उनले पेनाल्टी बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै बलललाई जाली चुमाइन्।

७७औं मिनेटमा साहराले नै नेपाललाई २–१ को अग्रता दिलाइन्। भुटानी डिफेन्डरबीच तालमेल मिल्न नसक्दा प्राप्त बललाई साहाराले पहिलो झैं गोल गरिन्।

डबल राउण्ड रोबिनमा आयोजना भैरहेको उक्त प्रतियोगीतामा नेपालले अब आइतबार बंग्लादेश विरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top