श्रावण १६, कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजिर मियाँबिच शनिबार प्रदेश प्रमुख निवासमा भेटघाट भएको छ।

भेटमा सुनसरी र सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव यस प्रदेशमा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको छ।

साथै, प्रदेश प्रमुख मिँयालाई मनसुनबाट सिर्जना हुनसक्ने विपद् व्यवस्थापनका लागि पूर्वतयारी अवस्थाबारे प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे मुख्यमन्त्री शाहले जानकारी गराए । भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था र विकासका सन्दर्भमा पनि आपसी छलफल भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?