आफूले राम्रो प्रर्दशन गर्दागर्दा पनि टिम व्यवस्थापकबाट आफूमाथि बारम्बार अन्यायपूर्ण व्यवहार भएको आरोप लगाउँदै कर्णाली प्रदेशका पेसर Anuj Chanara ले कर्णालीबाट नखेल्ने घोषणा गरेका छन्। उनले फेसबुकमार्फत यस्तो लेखेका छन्:
नमस्कार, म अनुज चनारा।
म विगत ५–६ वर्षदेखि कर्णाली प्रदेशबाट निरन्तर क्रिकेट खेल्दै आइरहेको छु। कर्णाली प्रदेशबाट राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्ने पहिलो खेलाडी हुने अवसर पनि मैले पाएको थिएँ। त्यसपछि मैले U-19 टोलीको क्याम्पमा समेत सहभागिता जनाएको थिएँ।
मैले सधैं कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु। तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु।
मलाई Playing 11 मा राखिए पनि ५० ओभरको खेलमा प्रायः ३–४ ओभर मात्र बलिङ गर्न दिइन्थ्यो। सुरुवाती ओभरमै १–२ विकेट लिँदा पनि मलाई पूरा १० ओभरको स्पेल दिइएन। त्यसपछि हरेक खेलमा २–४ ओभर मात्र अवसर दिइयो, र जब विकेट लिन सकिनँ, लगातार २–३ खेलमा टोली बाहिर राखियो।
मैले कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा “स्पिन ट्र्याक छ” भन्ने जवाफ मात्र पाइन्थ्यो। त्यसका बाबजुद पनि मैले आफूलाई सधैं टिमको लागि तयार राखेँ, किनकि क्रिकेट एउटा टिम खेल हो र टिमको जित नै मेरो प्राथमिकता थियो।
विगत ३ वर्षमा, PM Cup 2081मा दाङमा भएको खेलमा पुलिस क्लबविरुद्ध मैले १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएको थिएँ। 2082 को PM Cup मा लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रद्द भयो। त्यसपछि सुदूरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिएको थिएँ।
त्यसपछि लगातार २ खेलमा २–३ ओभर मात्र अवसर पाइयो, जसमा विकेट लिन सकिनँ, र त्यसपछि लगातार ३ खेलमा टोली बाहिर राखियो। पुलिस क्लबविरुद्ध फेरि मौका पाउँदा ६ ओभरमा ३५ रन दिएर २ विकेट लिएको थिएँ, तर त्यसपछि फेरि आज गण्डकी सङ को खेलमा बाहिर राखियो।
मैले कप्तानसँग सोध्दा “माथिबाट जे आदेश आउँछ, त्यही गर्छु” भन्ने जवाफ पाइयो।
यी सबै परिस्थितिलाई मध्यनजर गर्दै, मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु।
धन्यवाद। 🙏🏼
.
#AnujChanara #KarnaliProvinceCricket #NepalCricket
#CAN
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?