You are currently viewing यू-१९ महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ

यू-१९ महिला प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ

मलेसियामा हुने एसीसी यू-१९ महिला प्रिमियर कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । क्यानका उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का लगायतले नेपाली टोलीको बिदाइ गरे ।

बिदाइमा बोल्दै कोषाध्यक्ष खड्काले यू-१९ विश्वकपसम्मै खेल्ने विश्वास राखेको बताउँदै नेपाली टोलीलाई जितको शुभकामना दिए ।यस्तै नेपाली टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले तयारी राम्रो भएको बताए । ‘हाम्रो लागि यो प्रतियोगिता महत्त्वपूर्ण छ, हामी राम्रो प्रदर्शन गर्नेछौं । पहिले कायम गरेको लिगेसी कायम राख्नुपर्ने चुनौती पनि छ’ रिजालले भने ।

क्यान उपाध्यक्ष रोशन सिंहले यू-१९ क्रिकेटमा स्तर राम्रो बन्दै गइरहेको अवस्थामा यस प्रतियोगितामा पनि सफलता प्राप्त गर्ने क्यानले आशा राखेको बताउँदै शुभकामना दिए ।२७ असारदेखि सुरु हुने प्रतियोगितामा नेपालले समूह चरणमा कतार, सिंगापुर र हङकङसँग खेल्नेछ ।

 

नेपालको टोली : सोनी पाख्रिन (कप्तान), सना प्रविन, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृष्मा गुरुङ, अञ्जली पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply