राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीको आज जिल्ला अधिवेशन हुुन गैरहेको छ । नेतृत्वका लागि निर्वतमान अध्यक्ष होम बहादुर गुरुङ,एकेन्द्र मल्लसँगै अर्का प्रतिस्पर्धी कैलाश दहाल पनि अध्यक्षको बलियो दाबेदारको रुपमा प्रस्तुत भएका छन । हाल कैलाली जिल्लाको कोषाध्यक्ष र राप्रपा सुदूरपश्चिम प्रदेश कमिटि प्रशिक्षण विभाग प्रमुख समेत रहेका दहाल पछिल्ला केहिवर्षयतादेखि पार्टीका गतिविधिमा सकृय छन ।

झण्डै ३ दशकभन्दा लामो शैक्षिक अनुभव बटुलेका दहालले आफूले कैलाली जिल्लाको नेतृत्व गर्न पाए संगठन चुस्त दुरुस्त बनाउनुका साथै पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउने बताएका छन । उनीसँग विभिन्न संघ संस्थाहरुमा नेतृत्वको भूमिकामा रहेर कार्य गरेको लामो अनुभव पनि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?