२२ असोज,धनगढी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सुदूरपश्चिम अध्यक्षमा पुस्कर दत्त भट्ट विजयी भएका छन । बुधबार धनगढीमा सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट पुस्कर दत्त भट्ट ११ मतले विजयी भएका हुन ।

३७७ प्रतिनिधि रहेको प्रदेशमा ३०७ मत खस्दा पुस्कर दत्त भट्टले १५८ मत प्राप्त गरेभने उनका निकटतम प्रतिद्धन्द्धी निवर्तमन अध्यक्ष धर्मराज जोशीले १४७ मत प्राप्त गरे । २ मत बदर भएका हुन । अब बस्ने प्रदेश कमिटिको पहिलो पूर्ण बैठकले ३२ जनालाई पदाधिकारी सहित मनोनित गर्नेछ ।

लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिक यात्रामा सकृय रहेका भट्ट २०७९ मा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र न.५ क मा झिनो मतले पराजित भएका थिए । पार्टीको प्रदेशस्तरीय गतिविधिमा सँधै अग्रमार्चामा रहने भट्ट निवर्तमान केन्द्रिय सदस्य पनि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?