You are currently viewing शाह नेतृत्वको सरकारले एक वर्षमा बनायो ३५५ किलोमिटर सडक /@SudurpaschimGoverment

शाह नेतृत्वको सरकारले एक वर्षमा बनायो ३५५ किलोमिटर सडक /@SudurpaschimGoverment

२१ श्रावण,२०८२: सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकवर्षको अवधीमा ३५५ किलोमिटर सडक बनाएको जनाएको छ । प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक वर्षे कार्यकालमा पक्की, ग्राभेल र कच्ची गरी ३५५ किलोमिटर सडक निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा सीमित स्रोत र जनशक्तिको उपयोग गर्दै भौतिक पूर्वाधार मन्त्रालयले कालोपत्रे, ग्रावेल, र माटे गरी कुल ३५५.१६ किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ । यस्तै, ६ वटा सडक पुल, ८५ वटा बहुवर्षीय योजना, र २६.८३४ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न गरिँदा ३७.५ हेक्टर जमिन संरक्षणमा सहयोग पुगेको बताइएको छ ।

मन्त्री पालको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार, प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत भइसकेको छ । जसमा ७० वटा प्रदेश लोकमार्ग, ११९ सहायक मार्ग र १९० अन्य विशेष उद्देश्यका सडक समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply