आजबाट सुरु हुन गैररहेको प्रधानमन्त्री कप एक दिवसिय पुरुष क्रिकेट प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशले १५ सदस्यीय टोली घोषणा गरेको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय टोलीका सदस्य शेर मल्ललाई कप्तानीको जिम्मेवार दिएको छ भने किरण कुमार ठगुन्नालाई उपकप्तान चयन गरिएको छ ।। गत फाल्गुन २९ गते ३३ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाईएको थियो ।

अन्य खेलाडीमा खडक बोहरा,हेमन्त धामी,अभिषेक पाल,मिलन बोहरा,नारायण जोशी,लोकेन्द्र चन्द,अशोक धामी,दिपक बोहरा,विकास आग्री,प्रकाश पाण्डेय,नरेन भट्ट,सौर्य श्रेष्ठ र राजु रिजाललाई अन्तिम १५ भित्र समेटेको हो । अघिल्लो पिएम कपमा मुख्य खेलाडी रहेका विकेट किपर ब्याटर टेक रावतलाई भने यसपटक वैकल्पिक खेलाडीको रुपमा राखेकोछ । सचिन भट्ट,अर्जुन बिक र भोजराज भट्टलाई पनि वैकल्पिक खेलाडी कै सूचिमा राखिएको छ ।
मुख्य प्रशिक्षकको जिम्मेवारी नेपाली यु१९ टोलीका प्रशिक्षक धिरेन्द्र चन्दलाई दिइएको छ भने सहायक प्रशिक्षक शेर सिंह नेगी रहेका छन । टिम म्यानेजरको जिम्मा कोषाध्यक्ष दिनेश सिंहलाई दिईएको छ ।

सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल पर्सि चैत्र ९ गते वीरगंजमा कर्णाली प्रदेशसँग खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । पछिल्ला पिएम कपका संस्करणहरुमा सुदूरपश्चिम प्रदेशले सम्झनलायक प्रर्दशन गरेको छैन । घरेलु प्रतियोगीताको सबैभन्दा महत्वपूर्ण र राष्ट्रिय टोलीको ढोकासम्म पुग्ने मुख्य आभार भएकालेपनि यस प्रतियोगीतालाई निकै महत्वका साथ हेरिएको छ ।
सुदूरपश्चिम प्रदेश क्रिकेटको उर्बरा भूमी हो त्यसमा कुनै शंका छैन तर व्यवस्थापकिय कमजोरीका कारण निर्णायक प्रतियोगीतामा सुदूरपश्चिम जहिल्यै चुक्ने गरेको छ । आशा गरौं यसपटक ती सबै कमजोरी र निराशाहरुलाई चिर्दै सकरात्मक नतिजा आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?