You are currently viewing रास्वपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा – धर्मराज जोशी | Dharmraj Joshi

रास्वपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा – धर्मराज जोशी | Dharmraj Joshi

रास्वपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्यमा धर्मराज जोशी अत्याधिक मतका साथ निर्वाचित भएका छन । धनगढीमा हालै सम्पन्न पाटीको प्रथम सुदूरपश्चिम अधिवेशनबाट जोशी कञ्चनपुर क्षेत्र न १ बाट २६१ मत ल्याएर विजयी भएका हुन ।


वैदेशिक रोजगारीको शिलशिलामा लामो समय कोरिया बसेका जोशी पछिल्लो समय नेपाल फर्केर हार्डवेयर तथा गार्मेण्टस क्षेत्रमा व्यवसाय गर्दै आएका छन । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सघाएका जोशीले गत फाल्गुनमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र न.५ बाट निर्वाचित रास्वपा सांसद डा.आनन्द बहादुर चन्दको कोर टिममा रहेर काम गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply