विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। धनगढी उपमहानगरपालिका–३, चटकपुरमा दीपेश अटो हब प्राइभेट लिमिटेड ट्रायम्फको आधिकारिक डिलरका रूपमा सञ्चालनमा आएको हो।

नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका मोटरसाइकलप्रेमीले ट्रायम्फका विभिन्न प्रिमियम मोडल स्थानीय स्तरमै खरिद गर्न सक्ने भएका छन्। शोरुमबाट आधिकारिक सर्भिसिङ तथा मर्मत सेवा र कम्पनीका ओरिजिनल स्पेयर पार्ट्ससमेत उपलब्ध हुने जनाइएको छ। ट्रायम्फका मोटरसाइकल आकर्षक डिजाइन, आधुनिक प्रविधि, शक्तिशाली इन्जिन, उत्कृष्ट राइडिङ अनुभव तथा प्रिमियम निर्माण गुणस्तरका लागि परिचित छन्। विभिन्न किसिमका राइडिङ आवश्यकता र ग्राहकको रुचिलाई ध्यानमा राख्दै कम्पनीले फरक–फरक मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ।



यसअघि प्रिमियम मोटरसाइकल खरिद तथा आधिकारिक सर्भिसिङका लागि सुदूरपश्चिमका ग्राहक अन्य शहरमा निर्भर हुनुपर्ने अवस्था थियो। धनगढीमा नयाँ शोरुम सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिदसँगै बिक्रीपछिको आधिकारिक सेवा पनि स्थानीय स्तरमै प्राप्त गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?