साफ यु–१७ च्याम्पियनसिप पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने

१५श्रावण,२०८२ः नेपालले घरेलु टोली श्रीलंकासँग खेल्दै साफ यु–१७ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली उद्घाटन खेलमै भिड्ने भएका हुन्। यी दुई टोली साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा छ। यी दुईबीचको खेल सेप्टेम्बर १५ मा हुनेछ।


नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने छ। हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। अर्को समूहमा साबिक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान छन्। नेपालले यो उमेरसमूहमा अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपाल सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top