सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरको रुपमा जोडियो मार्भल टेक्नोप्लास्ट

१४ श्रावण २०८२ : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि लागि मार्भल टेक्नोप्लास्ट प्रालिसँगलाई एक्सिलेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ । सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले हस्ताक्षर गरे ।


सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले नेपाली क्रिकेटमा अझै राम्रो गर्ने योजनाका साथ मार्भलसँग सम्झौता गरिएको बताए ।मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवनकुमार सान्चेतीले एनपीएलमा सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको भन्दै नेपाली क्रिकेटको विकासमा लाग्ने बताए ।


सुदूरपश्चिचम रोयल्सको टिम मालिक अष्ट्रेलियामा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका सुदूरपश्चिमका स्वतन्त्र प्रताप शाह हुन । उनी अष्ट्रेलियाम पनि क्रिकेटजन्य गतिविधिमा सकृय छन । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा उपविजेता बनेको थियो । छोटो समयमै असाध्यै प्रशंसक कमाइसकेको सुदूरपश्चिचम रोयल्समा टाइगर उपनामले परिचित दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top