सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

२७भाद्र,धनगढीःसुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कञ्चनपुर, डडेलधुरा र बैतडीमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
काठमाण्डौ उपत्यकासहितका अरू ठाउँमा भने अहिले घाम लागेको छ । दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


सबैजसो पहाडी भूभागका केही तथा तराई भू–भागका थोेरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । गएराति लुम्बिनी प्रदेशदेखि पश्चिमका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । १२ घण्टामा डडेल्धुरामा १७५, कैलालीमा १४२ र बाँकेमा १२४ मिलिमिटर पानी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top