सुदूरपश्चिममा आइतवार सार्वजनिक बिदा

७ भाद्र,२०८२ः सुदूरपश्चिम प्रदेशमा भोलि (आइतवार) सार्वजनिक बिदा दिइएको छ। साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालले अद्वारी पर्वको अवसरमा ८ गते बिदा दिइएको बताए। कृष्ण जन्माष्टमीपछिको पहिलो आइतवार अर्थात् शुक्ल पक्षको पहिलो आइतवार थारू समुदायले अट्ठारी पर्व मनाउँदै आएका छन्। थारू समुदायमा पुरुषहरुले विशेष रुपमा अद्वारी मनाउने गर्दछन्। दाजुभाइहरुले अट्ठारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरि ब्रत बसी बेलुकी पूजा गर्ने चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top