You are currently viewing सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

४भाद्र,२०८२ः सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि (बिहीबार) बस्ने भएको छ । आधा महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो । प्रदेश सभा सचिवालयले दिउँसोे ४ बजे सभाको बैठक बोलाएको छ । बिहीबार बस्ने प्रदेशसभा बैठकमा दुई वटा विषयवस्तु कार्यसूचीमा रहेको जनाइएको छ । बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सदनमा सामान्य छलफल हुने प्रदेश सभा सचिवालयका प्रवक्ता एवम् उपसचिव (कानुन) तेजप्रकाश जोशीले जानकारी दिए । यसैगरी, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने कार्यसूची रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply