सुदूरपश्चिम विश्व विद्यालयका २ विद्यार्थी अन्तर्राष्ट्रिय बहसमा सहभागी हुदै

१४श्रावण,२०८२ःसुदूरपश्चिम विश्व विद्यालयका २ विद्यार्थी अन्तर्राष्ट्रिय बहसमा सहभागी हुने भएका छन्। कैलाली बहुमुखी क्याम्पस कानुन संकाय चौथो सत्रमा अध्ययनरत पदमबहादुर साउद र  केन्द्रिय क्याम्पस कानुन संकाय चौथो सत्रमा अध्ययनरत ईश्वर दत्त भट्ट अन्तराष्ट्रिय बहसमा सहभागी हुने भएका हुन्।
उनीहरूले भारतमा आयोजना हुन लागेको कानुनका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय बहस प्रतियोगिता सहभागिता जनाउने भएका हुन्। भदौ १५ गते महाकुम्भ स्थान प्रयागराजमा सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वभरिका २९ विश्वविद्यालय सहभागी हुदैछन्। नेपालको तर्फबाट सुदूरपश्चिम विश्वविद्यालयका दुई विद्यार्थी सहभागी हुने भएका हुन्। डडेल्धुराका पदम र दार्चुला ईश्वरले सहभागिता जनाउन लागेका छन्। वैश्विक जमघटमा संयुक्त राष्ट्र संघ शान्ति स्थापनामा सफल की असफल भन्ने विषयमा बहस हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top