अंग्रेजी विषयका शिक्षक शिक्षिकाहरुलाई एआई सम्बन्धि तालिम प्रदान गरिएको छ । नेल्टा कैलालीको आयोजना र स्टेपिङ स्टोन स्कुलको प्राविधिक सहयोगमा बुधबार धनगढीको स्टेपिङ स्टोन स्कुलको कम्युटर कक्षमा उक्त तालिम सम्पन्न गरिएको हो ।

तालिमा कैलालीको धनगढी,अत्तरीया र हाइवे क्षेत्रका निमावि र मावि तहमा अंग्रेजी विषय अध्यापनरत २५ जना शिक्षक शिक्षिका सहभागी रहेको नेल्टा कैलालीका अध्यक्ष धर्मदेव न्यौन्यालले जानकारी दिए ।

अध्यक्ष न्यौन्यालले पछिल्लो सयम तिब्र गतिमा विकास भैरहेको एआई प्रविधिलाई शिक्षण सिकाई क्रियाकलापसँग जोडेर कसरी प्रभावकारी सिकाई गर्न सकिन्छ भन्ने बारे अमेरिकी प्रशिक्षक डा.पौलले प्रशिक्षण गराएको बताएका छन ।

तालिममा सहभागी स्टेपिङ स्टोन स्कुल धनगढीकी प्राथमिक तह संयोजक बसन्ती चन्दले तालिममा सहभागी हुँदा आफूलाई अत्यन्तै खुशी लागेको र धेरै कुरा सिक्ने अवसर मिलेको बताइन । उनले आफूले तालिममा सिकेको कुरा कक्षाकोठासम्म पुर्याउने र आगामी दिनमा शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी बन्नेमा आशावादी रहेको बताइन ।

मंगलबार कञ्चनपुरबाट सुरु भएको एआई सम्बन्धि यो कार्यक्रम धनगढी पश्चात बिहिबार टिकापुरमा आयोजना गरिने नेल्टा कैलालीका अध्यक्ष धर्मदेव न्यौन्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?