धनगढीको फाप्लामा जारी प्रदेश स्तरीय प्रधानमन्त्रीकप एकदिवसिय छनोट प्रतियोगीतामा हिक्मत महराले शानदार बलिङ प्रर्दशन गरेपछि बैतडीले दार्चुलामाथि १२८ रनको शानदार जीत निकालेको छ । समूह बी अन्तर्गको पहिलो खेलमा बैतडीले लिएको २३७ रनको लक्ष्य पछ्याएको दार्चला ३६.२ ओभरमा १०८ रन बनाउँदै अलआउट भयो । दार्चुलाका लागि बिरेन्द्र बमले सर्वाधिक २५ रन बनाए । जिवन कार्कीले १३ तथा केशर सिंह खातिले अविजित १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर जोड्न सकेनन । दार्चुलाले ३९ रन अतिरिक्त प्राप्त गरेको थियो ।
बैतडीका लागि हिक्मत महरा एक्लैले ५ विकेट चट्काए । ८ ओभर बलिङ गरेका महराले १ मेडेन राख्दै २५ रन खर्चेर ५ विकेट लिएका हुन । त्यस्तै लोकेन्द्र चन्दले २ तथा निखिल चन्द र नरेन भट्टले समान एक एक विकेट लिए । त्यस्तै विकेट विहिन रहेका सचिन भट्टले ७ ओभर बलिङ गर्दै ४ मेडेन राख्दै मात्र २१ रन खर्चिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बैतडीले खराब मौसमका कारण ४० ओभरमा छोट्याएको खेलमा ३८ ओभरमा सबै विकेट गुमाउँदै २३६ रन बनाउन सफल भयो । बैतडीका लागि आयुष चन्दले सर्वाधिक ४० रनको योगदान दिए । त्यस्तै दिपक बोहरा ३७,कप्तान खडक बोहरा ३६,प्रदिप चन्द र गजेन्द्र बोहराले समान बीस बीस,निखिल चन्दले १८ तथा नरेन भट्ट र लोकेन्द्र चन्दले समान १५ १५ रन बनाए ।दार्चुलाका लागि कप्तान नरेन्द्र महरा र बिरेन्द्र बमले समान तीन तीन विकेट लिए भने लभराज जोशीले २ तथा जिवन कार्की र बसन्त भट्टले समान एक एक विकेट लिए ।
समूह बी अन्तरर्गत नै सोमबार दार्चुला र बझाङ्गबीच प्रतिस्पर्धा हुने खेल तालिका छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जारी छनोट प्रतियोगीता माघ २४ गतेसम्म सञ्चालन हुनेछ । समूह ए बाट कञ्चनपुर विजेता बन्दै फाइनल पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?