ब्रेन क्यान्सरबाट पिडित डोटीको शिखर नगरपालिका वडा न.१ कफल्लेकी साफरी गाउँका २८ वर्षिय युवा जंग बहादुर बोगटीको निधन भएको छ । २०८१ साल चैतदेखि भारतको अहम्दावादमा उपचारार्थ बोगटीले आइतबार नेपालमै अन्तिम श्वास फेरे । उपचारको क्रममा हालसम्म २० लाख भन्दा बढी रुपयाँ खर्च भएपनि निको नहुने निश्चित भएपछि चिकिस्तकले उनलाई डिस्चार्ज गरेर नेपाल आफन्तसँग भेटघाटका लागि लैजान परिवारजनलाई अनुमति दिएको थियो । बोगटीलाई केहिदिन अगाडी मात्रै आर्थिक सहयोग संकलन गरेर नेपाल ल्याइएको थियो ।

पछिल्ला केहि वर्षयतादेखि बोगटीले धनगढी ६ मटियारीमा रहेको राइजिङ्ग स्टार बो.स्कुलमा लेखापालको काम गरेका थिए भने आर सी गारमेण्टर्स धनगढीमा पनि बजार व्यवस्थापकको काम गरेका थिए ।
अत्यन्तै सरल स्वभाव तथा निकै मिहिनेती बोगटीको असामयिक निधनको खबरले आफू स्तब्ध भएको राइजिङ्ग स्टार बो.स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?