२०भाद्र,धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारीलस्थित लटिनाथ आधारभूत विद्यालयमा मंगलबार राति चोरी भएको छ । विद्यालयको कार्यालयमा राखिएका करिब डेढ लाख रुपैयाँ बराबरका शैक्षिक र खेलकुद सामग्री हराएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर तितराले जानकारी दिए ।
उनका अनुसार अज्ञात समूहले कार्यालयमा रहेका डीजे साउन्ड स्पीकर, ढोलक, खैजडीलगायतका सामग्री चोरी गरेको हो । बुधबार बिहान विद्यालय सञ्चालन गर्ने क्रममा चोरीको घटना पत्ता लागेको थियो ।
घटनाबारे आवश्यक अनुसन्धानका लागि विद्यालयले प्रहरी चौकी बलाँचमा निवेदन दिएको छ । चोरीमा संलग्न व्यक्तिहरु वा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?