नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निध*न भएको छ।कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज नि*धन भएको हो। यसबारे केही समयमा कांग्रेसले विज्ञप्ति निकालेर विस्तृत जानकारी दिने उनले बताए।

नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। सोही अस्पतालमा उनको निध*न भएको हो। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
श्रेष्ठलाई हालै कांग्रेसले वरिष्ठ नेता बनाएको थियो। श्रेष्ठले पार्टीमा गरेको योगदानअनुसार सम्मानसहित उनलाई वरिष्ठ नेता बनाइएको थियो।श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो। उनी गत पुसमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रमा पनि सहभागी रहेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?