१२ साउन २०८३,धनगढी : राइजिङ स्टार ईङ्लिस बोर्डिङ्ग.स्कुलको सहप्रधानाध्यापकमा विरेन्द्र वड नियुक्त भएका छन । धनगढी उपमहानगरपालिका वडा न. ६ मटियारीमा रहेको राइजिङ स्टार ईङ्लिस बोर्डिङ्ग.स्कुल व्यवस्थापन समितिले मंगलबार वडलाई सहप्रधानाध्यापकको नयाँ जिम्मेवारी सुम्मिएको हो ।

वड लामो समयदेखि सोहि विद्यालयमा कार्यरत छन । करिबन एक दशकदेखि अध्यापन पेशामा सकृय वड अहिले स्नानोकोत्तर तहमा अध्ययनरत छन । बाजुरा स्थायी घर भएका वडले अध्ययन र शिक्षण पेशालाई सँगसँगै अगाडि बढाइरहेका छन । सामान्य परिवारमा जन्मे हुर्केका वड व्यक्तिगत मिहिनेत र पेशागत इमानदारिताले समाजमा आफूलाई स्थापित गराउँदै लगेका छन ।

कलेन्द्र शाही विद्यालयको प्रबन्ध निर्देशकको रुपमा रहेका छन भने हरिषचन्द्र शाहीले प्रधानाध्यापकको रुपमा काम गरिरहेका छन । २०७५ सालमा स्थापना भएको राइजिङ स्टार ईङ्लिस बोर्डिङ्ग.स्कुलले छोटो समयमै धनगढीमा आफ्नो अलग्गै पहिचान बनाइसकेको छ ।

२० / २२ जना विद्यार्थीबाट पठनपाठन सुरु गरेको राइजिङ स्टार ईङ्लिस बोर्डिङ्ग.स्कुलमा हाल करिबन ७०० विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । कक्षा प्ले ग्रुपदेखि कक्षा आठसम्म पठनपाठन हुँदैआएको राइजिङले यसै शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन पनि सुरु गरेको छ ।

गुणस्तरीय पढाइका लागि स्थापित हुँदै गैरहेको राइजिङ स्टार ईङ्लिस बोर्डिङ्ग.स्कुलले अतिरिक्त क्रियाकलापमा पनि आफूलाई अब्बल साबित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?