असोज १२,धनगढी : धनगढी उपमहानगरपालिका–५ हसनपुरमा अवस्थित ऐश्वर्य बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतनले जिल्ला प्रशासन कार्यालय कैलालीलाई अत्यावश्यक सेवा प्रवाहका लागि कम्प्युटर तथा फर्निचरजन्य सामाग्री सहयोग गरेको छ। विद्यालयले दुइ थान कुर्सी र दुइ थान टेबल तथा क्याम्पसले एक थान टेबल र एक थान कम्युटर सहयोग गरेको हो ।

हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालयमा भौतिक संरचनामा क्षति पुगेको र सेवा प्रवाहमा समस्या आएको भन्दै विद्यालय र क्याम्पसको तर्फबाट मानवीय र सामाजिक उत्तरदायित्व स्वरूप आवश्यक सामाग्री सहयोग गरिएको ऐश्वर्य बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर वडले जानकारी दिए। अध्यक्ष वडले देशभर नै असहज परिस्थिति कायम रहँदा समेत प्रशासनजस्तो सेवा केन्द्रित संस्थाको दैनिक कामकाजमा सहज भन्नका लागि सहयोग गरिएको बताए

कम्प्युटर तथा फर्निचरजन्य सामाग्री कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई विद्यालय तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर वड,ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक धर्म देव भट्ट ,ऐश्वर्य विद्या निकेतनका निमित्त प्रधानाध्यापक संजय पन्तले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक धर्म देव भट्टले यस्तो कठिन परिस्थितिमा गरिएको सहयोगले प्रशासनलाई राहत मिलेको र समुदायसँगको सम्बन्ध अझ मजबुत भएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?