बैतडीमा २० जना सवार जिप दुर्घटना,घटना स्थलबाट २०० मिटर तल खस्यो जिप

बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको पाटन नगरपालिका– ८ साढीघाँटीमा सोमबार म १ ज २२४ नम्बरको जिप दुर्घटना भएको हो।

खोड्पे– बझाङ जोड्ने सडमा दुर्घटना भएको हो। दुर्घटनाको कारण खुलेको छैन। सो जिप सिगास गाउँपालिका–१ दुधिलाखानका अन्दाजी ३० वर्षका गणेश बिष्टले चलाइरहेका थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोड्पेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। मृतक तथा घाइतेहरूको हालसम्म सनाखत हुन सकेको छैन। जिपमा २० जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top