You are currently viewing ओमप्रकाश नायक बन्दा सुदूरपश्चिम प्रदेश प्रहरीको टोली विरुद्ध संघर्ष स्पोटर्स क्लबको सहज जीत

ओमप्रकाश नायक बन्दा सुदूरपश्चिम प्रदेश प्रहरीको टोली विरुद्ध संघर्ष स्पोटर्स क्लबको सहज जीत

धनगढी उपमहानगरपालिका–१२ जुगेडामा निर्सग सातौं प्रदेश क्लबस्तरीय पुरुष तथा भेट्रान फुटबल प्रतियोगितामा संघर्ष स्पोटर्स क्लब विजयी भएको छ । मनकामना युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीलाई २ – ० गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुवात गरेको छ ।

संघर्ष स्पोटर्स क्लबको जितमा ओम प्रकाश बोहरा नायक बने । पहिलो हाफको ७औं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका बोहराले दोश्रो हाफको ६७औं मिनेटमा थप गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

बोहरा खेलको म्यान अफ दी म्याच पनि चुनिए । सुदूरपश्चिम प्रदेश प्रहरीको टोलीले गोलको केहि मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न भने सकेन ।

मनकामना युवा क्लबको आयोजनामा सनिबारबाट सुरु भएको प्रतियोगिता माघ १० गते समापन हुनेछ । धनगढी–१२ वडा कार्यालयको व्यवस्थापन तथा निर्सग अस्पतालको मुख्य प्रायोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुष फुटबलतर्फ ७ टिम र भेट्रानतर्फ ४ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले रु १ लाख ३५ हजार र उपविजेताले रु ७० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रानतर्फ विजेता टिमलाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने मनकामना युवा क्लब जुगेडाका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply