You are currently viewing वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्स्पेक्टर पाण्डेय ‘उत्कृष्ट प्रहरी’ घोषित

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्स्पेक्टर पाण्डेय ‘उत्कृष्ट प्रहरी’ घोषित

कैलालीमा प्रहरी निरीक्षक बलराम पाण्डेय ‘माघ महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली मातहत वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी निरीक्षक पाण्डेय उत्कृष्ट प्रहरी घोषित भएका हुन्।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी उच्च व्यवसायिकता र अनुशासनका साथ निर्वाह गर्दै सामाजिक अपराध न्यूनीकरण, शान्ति–सुरक्षा तथा अमनचयन कायम राख्न महत्वपूर्ण योगदान पुगाएकाले उनी उत्कृष्ट बनेका हुन्। त्यसका साथै आसन्न प्रतिनिधिसभा निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउन राजनीतिक गतिविधिको निगरानी, सुरक्षा व्यवस्थापन र विशिष्ट व्यक्तिहरूको आवश्यक सुरक्षा व्यवस्था त्रुटिरहित रूपमा कार्यान्वयन गरेकाले उनको मूल्यांकन गरिएको हो।

त्यसैगरी अवैध लागूऔषध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरी संगठनको नीति–निर्देशनको पालना गर्दै समग्र नेपाल प्रहरीको छवि उच्च राख्न उल्लेखनीय योगदान पुर्‍याएको ठहरसहित उनलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले पाण्डेयलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए।

By Farakpress

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply