You are currently viewing धनगढीमा ग्याङ फाइट : दुर्गा टोलमा सेना परिचालन

धनगढीमा ग्याङ फाइट : दुर्गा टोलमा सेना परिचालन

धनगढीमा प्रहरीमाथि नै आक्रमण भएपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ । धनगढी उपमहानगरपालिका–१३ दुर्गाटोलमा मङ्गलवार साँझ भएको झडपमा दुई प्रहरीसमेत घाइते भएपछि नेपाली सेना परिचालन गरिएको छ ।दुर्गा मन्दिर परिसरमा सेनाले डेरा जमाएको छ । मंगलबार झडप भएको क्षेत्रमा नै नेपाली सेनाको टोली खटिएको छ । जनता राष्ट्रिय माध्यामिक विद्यालय मतदान केन्द्र नजिकै झडप भएकाले सेनाले सुरक्षा दिन थालेको बताइएको छ ।

मंगलबार साँझ दुर्गा टोलमा दुई टोलका युवाहरू बीच होली खेल्ने क्रममा झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका थिए । झडप नियन्त्रण गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गरेको बताइएको छ । आक्रमणमा प्रहरी निरिक्षक बलराम पाण्डे, प्रहरी सहायक निरिक्षक डबलबहादुर साउँद र धनगढी–१३ का लोकेश खत्री घाईते भएका थिए । उनीहरुको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीमाथि आक्रमण भएपछि हवाइ फायरसमेत गरेको थियो । प्रहरीमाथि आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख नरेन्द्र चन्दको कमाण्डमा नौ जनाको टोली घटनास्थलमा पुगेको थियो।करिब अढाई सयको संख्यामा रहेका स्थानीयले जिल्ला प्रहरी प्रमुख चन्द चढेको बिएसी ३४८० नम्बरको गाडीमा ढुङ्गामुढा गरेका थिए । ढुंगामुढाबाट गाडीको अगाडीको सीसा फुटेको छ । झ्याल तोडफोड गरिएको छ । तीन पटक आक्रमण गर्न आएको समूहलाई पक्राउ नगर्ने तर, आफूहरुलाई पक्राउ गर्न थालेपछि प्रहरीसँग झडप भएको स्थानीयले दाबी गरेका छन् । मैजा गाउँका भलमन्सा मोली रानाले भने, ‘म प्रत्येक्षदर्शी हो । घरबाट लगेर होली लगाउने भन्दै सुशीललाई चार जनाले हेलमेटले हाने । बचाउन गएका महिलाहरुमाथि पनि आक्रमण भयो । हामीले प्रहरीलाई फोन गर्दा कुनै उत्तर आएन । कैलाली गाउँमा प्रहरीमा पुगे, राजपुरमा पुगे । स्कुलबाट २ जना आउनु भयो ।

तर, उहाँहरुलाई लगेर जानु भएन । केही पर लगेर छोडि दिनु भयो । फेरि उहाँहरु झगडा गर्न आउनु भयो । प्रहरीलाई बोलाएर फेरि पठाएको हो । तर, प्रहरीले भ्यान बोलाउनु भएन । तेस्रो पटक हाम्रो टोलकालाई भ्यानमा हाल्न थालेपछि प्रहरीसँग पनि झडप भएको हो । हाम्रो टोलका धेरैलाई चोट लागेको छ ।’जिल्ला प्रहरी कार्यालय कैलालीले खत्रीसहित स्थानीय ३६ वर्षीय रामदयाल राना, २६ वर्षीय राकेश सुनार, ३८ वर्षीय नर सिंह राना, २९ वर्षीय सुनिल चौधरी र १८ वर्षीय जितेन्द्र रानालाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान जारी हरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply