You are currently viewing “चैतन्य उत्कृष्ट स्वास्थ्य नेतृत्व सम्मान २०८२” बाट निसर्ग अस्पतालका अध्यक्ष पन्त  सम्मानित

“चैतन्य उत्कृष्ट स्वास्थ्य नेतृत्व सम्मान २०८२” बाट निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी–कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसरमा स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै “चैतन्य उत्कृष्ट स्वास्थ्य नेतृत्व सम्मान २०८२” बाट निसर्ग अस्पताल धनगढीका अध्यक्ष तिर्थ राज पन्त सम्मानित भएका छन ।

निसर्ग अस्पतालले लामो समयदेखि सुदूरपश्चिम प्रदेशमा नीजी क्षेत्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै रजत जयन्तीको अवसरमा अध्यक्ष पन्तलाई सम्मान गरिएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले जानकारी दिए । अस्पतालका अध्यक्ष पन्त पदिय जिम्मेवारी सँगसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उक्तिकै सकृय छन ।

चैतन्य पाठशालाले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सप्ताहव्यापी नारी सम्मान कार्यक्रम चलिरहेको सन्दर्भमा पाठशालाको रजत जयन्तीको संयोग पारेर धनगढी र आसपासका क्षेत्रमा शैक्षिक तथा समाजका विभिन्न आयामहरूमा नेतृत्व गरिरहेका नारीहरूलाई विशेष सम्मान गरिएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply