You are currently viewing सेती प्रादेशिकसहित तीन अस्पतालमा पदाधिकारी नियुक्त, यी हुन् अध्यक्ष र सदस्यहरू…..

सेती प्रादेशिकसहित तीन अस्पतालमा पदाधिकारी नियुक्त, यी हुन् अध्यक्ष र सदस्यहरू…..

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालसहित तीन अस्पतालमा अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार मन्त्रीस्तरीय निर्णयबाट सेती प्रादेशिक अस्पताल, लम्कीचुहा अस्पताल र जोगबुढा अस्पतालमा पदाधिकारी नियुक्त गरिएको हो।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम भट्ट नियुक्त भएका छन्। भट्ट हाल सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएमा उपप्राध्यापकको रुपमा कार्यरत छन
सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन्। अन्य तीन सदस्य पछि नियुक्त गरिने जनाइएको छ।सुदूरपश्चिम प्रदेशकै रेफलर अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल लामो समयदेखि नेतृत्व विहिन थियो ।
सोमबार लम्कीचुहा प्रादेशिक अस्पतालमा अध्यक्षसहित पाँच जना नियुक्त भएका छन्। रामबहादुर विष्ट अध्यक्ष नियुक्त हुँदा सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन्।
जोगबुढा अस्पतालको अध्यक्षमा कैलपाल धामी नियुक्त भएका छन्। सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply