You are currently viewing एसपिए कैलाली प्राइड लिग : उपाधिका लागि बुढीगंगा र पुनर्वास बी भिड्ने

एसपिए कैलाली प्राइड लिग : उपाधिका लागि बुढीगंगा र पुनर्वास बी भिड्ने

धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगको उपाधिका लागि बाजुराको बुढीगंगा र कञ्चनपुरको पुनर्वास नगरपालिका बी भिड्ने भएका छन । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बाजुराको बुढीगंगा नगरपालिकाले कैलालीको धनगढी उपमहानगरपालिकालाई र दोश्रो सेमिफाइनलमा कञ्चनपुरको पुनर्वास नगरपालिकालले कैलालीको घोडाघोडी नगरपालिकालाई पराजित गर्दै फाइनलको टिकट पक्का गरेका हुन ।

फाइनलको यात्राका लागि बुधबार बुढीगंगाले दिएको १४६ रनको लक्ष्य पछ्याउन गएको धनगढी उपमहानगरपालिका १८.२ ओभरमा ११४ रनमै समेटियो । उसका लागि सन्नी बिकले सर्वाधिक ४१ रनको योगदान दिएपनि टिमलाई भने जित दिलाउन सकेनन । सुुरेन्द्र पन्तले २४ रन बनाउँदा प्रकाश पाण्डेले १८ रन बनाए अन्य ब्याटरले दोहोर अंकको रन जोड्न सकेनन । बुढीगंगाका लागि सौर्य श्रेष्ठले ३ विकेट लिन सफल भए भने नागराज सिंहले २,दिपक रोकाया,राहुल भण्डारी,मदन शाह र सुबोध ऐरले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बुढीगंगाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको योगफल तयार पारेको थियो । बुढीगंगाकालागि सुबोध ऐरले सर्वाधिक ४७ रनको पारी खेले । ४१ ब्लको सामना गरेका उनले चार चौका ३ छक्का प्रहार गरे । दिपक रोकायाले अविजित ३७ रनको आक्रामक पारी खेले । मात्र १७ बल सामना गरेका रोकायाले १चौका र ४ छक्का हिर्काए । त्यस्तै दिनेश वडले १९,सुनिल चन्दले १७ तथा अभिषेक थापाले १२ रनको योगदान दिए ।

धनगढीका लागि सन्नी बिक र प्रकाश जंग कार्कीले समान दुई दुई तथा कप्तान अयुब चन्द,भुपेश जोशी र विशाल क्षेत्रीले समान एक एक विकेट लिए । खेलमा अलराउण्ड प्रर्दशन गरेका बुढीगंगाका सुबोध ऐर म्यान अफ दी म्याच चुनिए ।

आजै सम्पन्न दोश्रो सेमिफाइनलमा कञ्चनपुरको पुनर्वास नगरपालिका कैलालीको घोडाघोडी नगरपालिलाई ३५ रनले पराजित गर्दै पराजित गर्दै उपाधि नजिक पुगेको छ । पुनर्वास नगरपालिका बी ले दिएको १५१ रनको मध्यम लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ११६ रन बनाउन सक्यो । घोडाघोडीका लागि अन्तिम तिर ब्याटिङ गर्र आएका हरिष बस्नेतले २५३ को स्टाइरेटले ब्याटिङ गर्दै ४३ रनको आक्रामक पारी खेलेपनि टिमलाई जिताउन भने सकेनन । मात्र १७ बलको सामना गरेका बस्नेतले ३ चौका र ४ छक्का हिर्काए । कप्तान टेक रावत र दिनेश रावतले समान बीस रन बनाउँदा निशान रेग्मीले १५ रन बनाए ।

पुनर्वास नगरपालिका बी का लागि सचिन भट्ट एक्लैले ४ विकेट लिए भने अशोक धामी र नरेन भट्टले समान द्ुई दुई तथा शेर मल्ल र बसन्त सिंह कार्कींले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । उसका लागि ओपनर ब्याटर अभिषेक पालले सर्वाधिक ४१ रनको पारी खेले । कप्तान नारायण जोशीले ३७ रन बनाउँदा नरेन भट्टले ३१ तथा दिपक बोहराले २५ रनको योगदान दिए ।

घोडाघोडीका लागि रुद्र राज आचार्यले २ विकेट लिन सफल भए भने हरिष बस्नेत,आयुष द्वारिया र रुपेश थापाले समान एक एक विकेट लिए । खेलमा प्रभावशाली भूमिका खेलेका सचिन भट्ट म्यान अफ दी म्याच चुनिए ।

फाइनलको सबै तयारी भैसकेको र उपाधि रक्षाका लागि पुनर्वास नगरपालिका बी र बुढीगंगा नगरपालिकाका दिउँसो डेढ बजेबाट भिड्ने आयोजकले जनाएको छ ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा फाल्गुन २८ गतेबाट सुरु भएको प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी थिए । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५/ १५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply