You are currently viewing जंग बहादुर बोगटीका लागि आर्थिक सहयोग जुट्दै,राइजिङ्ग स्टारले संकलन गर्यो ५६ हजार

जंग बहादुर बोगटीका लागि आर्थिक सहयोग जुट्दै,राइजिङ्ग स्टारले संकलन गर्यो ५६ हजार

ब्रेन क्यान्सरबाट पिडित डोटीका २८ वर्षिय युवा जंग बहादुर बोगटीका लागि आर्थिक सहयोग तिब्र रुपमा जुटिरहेको छ । आज मात्रै उनले अध्यापन गराएको स्कुल राइजिङ्ग स्टार बो.स्कुलले ५६,१६५ रुपयाँ संकलन गरेको जनाएको छ । सो विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक शिक्षिकाहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर जम्मा गरेको विद्यालयका निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।

२०८१ साल चैतदेखि भारतको अहम्दावादमा उपचारार्थ बोगटीको हालसम्म २० लाख रुपयाँ खर्च र्भपनि निको भएको छैन । उनलाई चिकिस्तकले डिस्चार्ज गरेर आफन्तसँग भेटघाटका लागि लैजान परिवारजनलाई अनुमति दिएको परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply