You are currently viewing कक्षा ८ को वार्षिक परीक्षामा र्थीस्टार्स ईङ्लिस बोर्डिङ्ग स्कुलका गोविन्द उपाध्यायले ल्याए ४ जिपिए

कक्षा ८ को वार्षिक परीक्षामा र्थीस्टार्स ईङ्लिस बोर्डिङ्ग स्कुलका गोविन्द उपाध्यायले ल्याए ४ जिपिए

धनगढी ८ क्याम्पस रोडमा रहेको र्थीस्टार्स ईङ्लिस बोर्डिङ्ग स्कुलका गोविन्द उपाध्यायले आधारभुत तहको पालिका स्तरीय वार्षिक परिक्षामा ४ जिपिए प्राप्त गरेका छन । विद्यालयका निकै अनुशासित र मेधावी विद्यार्थीको छवी बनाएका उपाध्यायले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको वार्षिक परीक्षामा यो लोभलाग्दो उपलब्धी हाँसिल गरेका हुन ।

त्यस्तै ३.६ देखि ४.० जिपिएसम्म ४३ जना,३.२ देखि ३ं.६ जिपिएसम्म ४३ जना र २.८ देखि ३.२ जिपिएसम्म ४ जना उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार सहित पठनपाठन सञ्चालन गर्दै आएको र्थीस्टार्स ईङ्लिस बोर्डिङ्ग स्कुलले गतवर्षको एसईई परीक्षामा शतप्रतिशत नजिता हाँसिल गरेको थियो ।

Screenshot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply