धनगढी ५ जाइँमा रहेको शैलेश्वरी ईङ्लिस बोर्डिङ्ग स्कुलका सौरभ जोशी र आशिष बोगटीले आधारभुत तहको वार्षिक परीक्षामा सर्वात्कृष्ट जिपिए प्राप्त गरेका छन । उत्तिर्ण ४० जना विद्यार्थी मध्ये सौरभ जोशी र आशिष बोगटीले ३.९४ जिपिए प्राप्त गरेका हुन । त्यस्तै समग्रतामा ३.६ देखि ४.०० जिपिएसम्म २४ जना,३.२ देखि ३.६० जिपिएसम्म १५ जना र २.८ देखि ३.२० जिपिएसम्म १ जना गरी जम्मा ४० जना विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।

जगन्नाथ जोराको व्यवस्थापनमा सञ्चालित शैलेश्वरी ईङ्लिस बोर्डिङ्ग स्कुल पछिल्लो सयम पढाई सँगसगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको छ । २ दशक भन्दा अधिक समयदेखि जाइँ क्षेत्रमा गुणस्तरीय शिक्षा दिदै आएको शैलेश्वरी ईङ्लिस बोर्डिङ्ग स्कुल यसैवर्षबाट कक्षा ११ मा पठनपाठनका लागि पनि अनुमति पाइसकेको विद्यालयका संस्थापक जगन्नाथ जोराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?