You are currently viewing धनगढीका विद्यालयमा आजबाट विद्यार्थी भर्ना गर्न सकिने,१४ गतेबाट पठनपाठन सुरु

धनगढीका विद्यालयमा आजबाट विद्यार्थी भर्ना गर्न सकिने,१४ गतेबाट पठनपाठन सुरु

धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ४ अर्थात आजबाट सुरु गर्न संस्थागत तथा सामुदायिक विद्यालयलाई जानकारी गराएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्न स्थानीय तहहरूलाई परिपत्र गरे पनि त्यसले विद्यार्थीको अध्ययन–अध्यापनमा अवरोध हुने, पाठ्यक्रमअनुसारको वार्षिक कार्यघण्टी नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास आउने र विद्यालयमा अध्ययन–अध्यापन हुने दिन नपुग्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ।

यसै सन्दर्भमा उपमहानगरपालिकाले  प्याब्सन,एनप्याब्सन,हिसान लगायत विभिन्न सरोकारवाला निकायसँग छलफल गरी २०८३ वैशाख ३ गते सम्पन्न नगर शिक्षा समितिको निर्णयअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान र अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार वैशाख ४ गते अर्थात आजदेखि ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र वैशाख १४ गतेदेखि नियमित अध्ययन–अध्यापन कार्य सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply