You are currently viewing नवजीवन सहकारीको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका जोशी जसले सदस्यहरुमध्येबाट सर्वाधिक मत ल्याएर चुनाव जिते

नवजीवन सहकारीको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका जोशी जसले सदस्यहरुमध्येबाट सर्वाधिक मत ल्याएर चुनाव जिते

धनगढीको नवजीवन सहकारी संस्थामा स्वतन्त्र उम्मेदवारी दिएका दुई जना विजयी भएका छन् । अध्यक्षमा गोपालराज पाठक, केशवराज मिश्र र घनबहादुर शाह प्यानसहित प्रतिस्पर्धामा थिए ।तर, कार्य समितिको सदस्य पदमा भने केशवराज जोशी र खेमराज पाण्डेय गरेर दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । जोशीले सबैभन्दा धेरै मत पाएर चुनाव जितेका छन् ।

अन्तिम मतपरिणाम अनुसार जोशीले सर्वाधिक पाँच हजार १४३ मत पाएका छन् । दोस्रोमा पाठक प्यानलकी कोपिला कुुँवरले चार हजार ११२, गणेश बमले तीन हजार ४२६, जयराज जोशीले तीन हजार २८०, लक्ष्मीराज पन्तले तीन हजार २७६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेयले तीन हजार १३२ र शाह प्यानलका दिर्घबहादुर शाहले तीन हजार ११८ मत पाएका छन् । संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । उनका निकतम प्रतिद्धन्दी केशव राज मिश्रले ४४६९ मत ल्याए भने तेश्रो स्थान हाँसिल गरेका घन बहादुर शाहले ३६४४ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply