You are currently viewing एसियन गेम्सको छनोट प्रतियोगीतामा इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

एसियन गेम्सको छनोट प्रतियोगीतामा इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाली महिला क्रिकेट टोली एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।कप्तान इन्दु बर्माले ४३ बलमा अविजित ४२ रनको इनिङ खेलिन् । सोनी पाख्रिनले २९, कविता कुँवरले १४ अनि सीता राना मगरले अविजित १३ रन बनाइन् ।

इन्डोनेसियाका लागि ना मादे पुत्री सुवानदेवी र नि कदेक अरियानीले २-२ विकेट लिए भने इदादा लक्समी पारामिथा र साङ आयु नोम्यानले १-१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । त्यस्तै नि लु केतुत वेसिका रतना देवीले २३  रन बनाइन् । नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए ।नेपालले यसअघि बुधबार चीनलाई पराजित गरेको थियो ।नेपालले अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । उक्त खेल जिते नेपाल एसियन गेम्समा छनोट हुनेछ । सेमिफाइनलमा पराजित भएपनि तेस्रो स्थानको खेलमा विजयी भएमा नेपाल छनोट हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply