You are currently viewing सुदूरपश्चिममा उच्च शिक्षाको नयाँ अध्याय,काठमाडौं विश्वविद्यालयका महत्वपूर्ण कार्यक्रम अब धनगढीमा

सुदूरपश्चिममा उच्च शिक्षाको नयाँ अध्याय,काठमाडौं विश्वविद्यालयका महत्वपूर्ण कार्यक्रम अब धनगढीमा

जेष्ठ २७,धनगढी : काठमाडौं विश्वविद्यालयका बि.आई.टी र बि.एस ड्ब्लु कार्यक्रम सोफान कलेजमा सुदूरपश्चिम प्रदेशको उच्च शिक्षा क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ।


अब काठमाडौं विश्वविद्यालयका स्नातक तहका बि.आई.टी र बि.एस ड्ब्लु कार्यक्रम धनगढीमै पढ्न पाईने भएका छन। धनगढी चटकपुर स्थित सोफान कलेजमा काठमाडौं विश्वविद्यालयका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी बि.आई.टी र ब्याचलर अफ सोसल वर्क बिएसड्ब्लु कार्यक्रम यसैवर्षदेखि सञ्चालन हुने भएका हुन। कलेजले भर्ना सम्बन्धी जानकारी गराइसकेको छ भने अहिले भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । क्याम्पस प्रशासनले भण्डै दुई दशकदेखि शैक्षिक क्षेत्रमा सकृय धनगढीका रामचन्द्र शाहीलाई दुई हप्ता अघि क्याम्पस प्रमुखमा नियुक्त गरिसकेको छ ।

क्याम्पस प्रमुख : रामचन्द्र शाही

यससँगै सुदूरपश्चिमका विद्यार्थीहरूले आफ्नै प्रदेशमा काठमाडौं बिश्वविद्यालयका स्वरोजगार एवं रोजगार केन्द्रित डिग्री हासिल गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछन्। सोफान कलेजका अध्यक्ष एवं युवा उद्धमी शैलेश कुमार सिंहले कलेज गुणस्तरीय, स्वरोजगार एवं रोजगार उन्मुख शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप अघि बढिरहेको बताउएका छन ।

विश्वकै प्रतिष्ठित विश्वविद्यालयको रुपमा आफ्नो बेग्लै पहिचान बनाएको काठमाडौं विश्वविद्यालय शैक्षिक गुणस्तर, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय अभ्यासमा आधारित शिक्षाका लागि चिनिदै आएको छ। सोही विश्वविद्यालयका कार्यक्रमहरू सुदूरपश्चिम प्रदेशको मुख्य व्यवसायिक तथा शैक्षिक नगरी धनगढीमा सञ्चालन हुन लाग्नु यस क्षेत्रको शैक्षिक विकासका लागि ऐतिहासिक कदम भएको सोफान कलेजका क्याम्पस प्रमुख रामचन्द्र शाहीको धारणा रहेको छ।

सूचना प्रविधि क्षेत्र विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको वर्तमान अवस्थामा सोफानमा संचालन हुने बिआईटी र बि।एस।डब्लु।कार्यक्रमले दक्ष, सिर्जनशील तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन,नेतृत्व क्षमताको विकास, समुदाय सशक्तीकरण, सामाजिक न्याय तथा मानवीय सेवाका क्षेत्रमा योग्य मानव स्रोत उत्पादनमा सहयोग अपेक्षा गरिएको छ।

विगत लामो समयदेखि गुणस्तरीय उच्च शिक्षाका लागि काठमाडौं तथा देशका अन्य प्रमुख शहरहरूमा जान बाध्य रहेका सुदूरपश्चिमका विद्यार्थीहरूका लागि अब आफ्नै प्रदेशमा काठमाडौं विश्वविद्यालयको शैक्षिक अवसर उपलब्ध हुनु निकै महत्वपूर्ण उपलब्धि हो। यसले विद्यार्थी तथा अभिभावकमाथिको आर्थिक भार कम गर्नुका साथै प्रदेशमै शैक्षिक वातावरण सुदृढ बनाउन मद्दत पुग्ने सरोकारवाला बताउँछन।

सोफान कलेजले आधुनिक शैक्षिक पूर्वाधार, प्रविधिमैत्री सिकाइ वातावरण, अनुभवी तथा योग्य प्राध्यापक, अनुसन्धानमुखी शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शैक्षिक अभ्यासमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कलेजले स्थानीय आवश्यकता र विश्वव्यापी अवसरबीच पुलको रूपमा कार्य गर्दै दक्ष, जिम्मेवार, सिर्जनशील तथा रोजगारमुखी जनशक्ति उत्पादनमा जोड दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply