You are currently viewing सत्यवती एकेडेमीलाई हराउँदै विद्याभुषण सेमिफाइनलमा प्रवेश

सत्यवती एकेडेमीलाई हराउँदै विद्याभुषण सेमिफाइनलमा प्रवेश

धनगढीको फाप्लामा जारी कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपमा विद्या भुषण पब्लिक स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार अत्तरीयाको सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गर्दै विद्याभुषणले सेमिफाइनलको टिकट पक्का गरेको हो । समूह इ मा रहेको विद्याभुषणले लिगचरणका चारै खेल जित्दै समूह विजेता बनेर क्वाटर फाइनल प्रवेश गरेको थियो ।

सत्यवतीले दिएकोे ७५ रनको लक्ष्य विद्याभुषणले ८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । विद्याभुषणका लागि प्रतिक दौल्यालले अविजित ४२ रनको उत्कृष्ट पारी खेले । ३२ बलको सामना गरेका दौल्यालले ५ चौका हिर्काए । त्यस्तै विज्ञान बोहराले अविजित २० रनको महत्वपूर्ण योगदान दिए ।सत्यवतीका लागि निरज भट्राई र अस्मित ऐरले समान एक एक विकेट लिए ।


त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ७४ रनको योगफल तयार पारेको थियो । सत्यवतीका लागि आदित्य खड्काले सर्वाधिक १३ तथा राजेश महराले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रर्दशन गर्न सकेनन ।

बलिङतर्फ विद्याभुषणका संसार बोहरा एक्लैले ३ विकेट चट्काए । आफ्नो कोटाको २ ओभर बलिङ गरेका बोहराले मात्र १४ रन खर्चेर ३ विकेट लिन सससफल भए । उनी खेलको म्यान अफ दी म्याच चुनिए । त्यस्तै दिपक गोयलाले दुई तथा कप्तान विकेक दुवाल र पियुष बोहराले ससशमान एक एक विकेट लिए ।अब भोली शुक्रबार बिहान आठ बजे पहिलो सेमिफाइनलमा विद्याभुणले लम्कीको पायोनियर स्कुलसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

जिल्ला क्रिकेट संघ कैलालीले आयोजनामा गत जेष्ठ १५ गतेबाट सुरु भएको प्रतियोगीतामा कैलाली जिल्लाभरका ३६ विद्यालय सहभागी छन । प्रतियोगीताको फाइनल खेल आउँदो सनिबार धनगढीको फाप्ला मैदानमा आयोजना हुने जिल्ला क्रिकेट संघ कैलालीका सचिव देव नारायण झाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply