You are currently viewing राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि खेल तालिका सार्वजनिक

राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि खेल तालिका सार्वजनिक

असार ४,धनगढी : राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिपमा सुदूरपश्चिम प्रदेशको टोली छनोटका लागि खेल तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले एक विज्ञप्त जारी गर्दै असार ६ देखि १२ गतेसम्म धनगढीको फाप्लामा छनोट प्रतियोगीता हुने जनाएको छ । उक्त छनोट प्रतियोगीताका लागि प्रदेशका आठ टोली भिड्दैछन ।

समूह ए मा कैलाली,कञ्चनपुर,दार्चला र अछाम रहेका छन भने समूह बी मा डोटी,बझाङ्ग,डडेल्धुरा र बैतडी रहेका छन । प्रतियोगीताको उद्घाटन खेलमा असार छ गते कञ्चनपुर र अछाम भिड्दैछन । छनोट प्रतियोगीताका लागि कैलालीबाट विद्याभुण पब्लिक स्कुल मोहनपुर र कञ्चनपुरबाट वात्सल्य विद्या निकेतन बेलौरी सहभागीता जनाउँदैछन भने अरु पहाडी जिल्लाबाट पनि एक एक विद्यालयको टोली प्रतियोगीतामा सहभागीता जनाउँदैछ ।

यस छनोट प्रतियोगीताको उपाधि विजेता टोलीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै काठमाण्डौंमा आयोजना हुने राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply