You are currently viewing दार्चुलाको शान्तवना जित

दार्चुलाको शान्तवना जित

धनगढीको फाप्लामा जारी राष्ट्रिय स्कुल क्रिकेट च्याम्पियनसिप अन्तर्गत सुदूरपश्चिम प्रदेश स्तरीय छनोट प्रतियोगीतामा दार्चुलाले शान्तवना जित हाँसिल गरेको छ । लिग चरणको अन्तिम खेलमा सोमबार दार्चुलाले अछाममाथि ६४ रनको जित निकाल्दै प्रतियोगीताको सुखद अन्त्य गरेको हो ।

दार्चुलाले दिएको १०० रनको लक्ष्य पछ्याएको अछामले ७.१ ओभरमा सबै विकेट गुमाउँदै ३५ रन मात्रै बनाउन सक्यो । अछाम भने लिग चरणका सबै खेलमा पराजित हुँदै प्रतियोगीतामा जीतविहिन बन्यो ।

आजै उपाधि दाबेदार मानिएका कैलालीको विद्याभुषण पब्लिक स्कुल र कञ्चनपुरको वात्सल्य विद्या निकेतन भिड्दैछन ।यो खेल जित्ने टोलीे फाइनलमा प्रस्तिपर्धा गर्नेछ भने पराजित टोली प्रतियोगीताबाट बाहिरिनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply