असार ११,धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल सवार सरकारी गाडि नालामा खसेको छ । बिहिबार बिहान पौने १२ बजे धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडी घरेलु चोक नजिकै रावल आफैले चलाएको गाडी विपरित दिशातर्फ गएर नालामा खसेको हो ।

सुदूरपश्चिम प्रदेश ००१ झ ३१४ नम्बरको उक्त सरकारी गाडिको अगाडिको भाग नालीको ढक्कनमा लागेर कुच्चिएको छ । गाडि नालामा खसेपछि पाँच छ जना स्थानीयले धक्का दिएर सडकमा निकालेका थिए । त्यसपछि कुच्चिएकै गाडिमा २ तीनजनालाई राख्दै पुन आफैले गाडी हुँकाएर रावल उत्तरबेहडीतर्फ लागेका छन ।
Video : https://www.facebook.com/share/r/19DhWJDaj4/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?