You are currently viewing एउटै मञ्चमा देखिदै पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीहरु

एउटै मञ्चमा देखिदै पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीहरु

असार १४,धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेताहरु द्वय माधव कुमार नेपाल र झलनाथ खनाल पनि सहभागी हुनेछन ।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु एकसाथ सहभागी हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply