असार १५,धनगढी : सुदूरपश्चिमेली नेपाली समाज साइप्रसले अछामका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज साइप्रसकी अध्यक्ष रमिता चन्द (रितु) को संयोजनमा अछामको साँफेबगर नगरपालिका-०२, लोली स्थित सरस्वती आधारभूत विद्यालय र त्रिपुरासुन्दरी उच्च माध्यमिक विद्यालयमा अध्ययनत विद्यार्थीहरुलाई कापी,कलम र स्टेशनरी सामाग्री वितरण गरिएको हो ।

विद्यालयले परोपकारी मन भएका यस्ताखाले समाजको सहयोगले विद्यार्थीहरूमा पढाइप्रति अभिरुची बढ्ने भन्दै सुदूरपश्चिमेली नेपाली समाज साइप्रसलाई धन्यवाद व्यक्त गरेको छ ।

रोजगारीको शिलशिलामा प्रदेशमा बस्दै आएपनि आफ्नो गाउँठाउँ र देशप्रतिको प्रेम र जिम्मेवारी बोध गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केहि न केहि रुपमा भएपनि सहयोग होस भन्नका लागि शैक्षिक सामग्री वितरण गरेको सुदूरपश्चिमेली नेपाली समाज साइप्रसकी अध्यक्ष रमिता चन्द (रितु) ले बताइन ।

वैदेशिक रोजगारीको शिलशिलामा लामो समयदेखि साइप्रस बस्दै आएकी रमिताले त्यहाँ कार्यरत सुदूरपश्चिमेलीहरुलाई संगठित गर्दै समाज गठन गरेर विभिन्न समयमा विपन्न परिवारहरुलाई आर्थिक तथा भौतिक सामाग्री सहयोग गर्दै आएकी छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?