असार १७,धनगढी : १३औं म्यूजिक खबर अवार्ड २०८२ का लागि सर्वोत्कृष्ट लोकगीत गायनको अवार्ड गायीका निरुता खत्रीले जितेकी छन । काठमाण्डौंमा सम्पन्न उक्त एक कार्यक्रममा गायिका खत्रीले गाएको रामारोशन ताल गीतबाट सर्वोत्कृष्ट लोकगीत गायनको अवार्ड जित्न सफल भएकी हुन ।

अछाममा जन्मिएर उतै हुर्किएकी गायीका निरुता पछिल्लो एक दशकदेखि गायन क्षेत्रमा सकृय छन ।

हाल काठमाण्डौं बस्दै उनी डेउडा दोहोरी,ठाडीभाका लगायतमा आफ्नो स्वर दिदै आएकी छन । अवार्ड प्राप्त गरेपछि गायिका खत्रीले आफूलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन । उनी भन्छिन “यो मायाको म सधैं ऋणी रहनेछु । आगामी दिनहरूमा पनि मेरा प्रत्येक पाइलापाइलामा तपाईंहरूको माया साथ सपोर्ट र हौसलाको सदैव आवश्यकता परिरहनेछ सबैप्रति आभारी छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?