You are currently viewing व्यवसायिक एकताका लागि कैलालीका फेन्सी व्यवसायी एकजुट,तदर्थ समितिको अध्यक्षमा वाशुदेव भट्ट र महासचिवमा मदन थापा सर्वसम्मत

व्यवसायिक एकताका लागि कैलालीका फेन्सी व्यवसायी एकजुट,तदर्थ समितिको अध्यक्षमा वाशुदेव भट्ट र महासचिवमा मदन थापा सर्वसम्मत

असार २०,धनगढी : व्यवसायिक हकहित र एकताका लागि कैलालीका फेन्सी व्यवसायी एकजुट भएका छन् । सनिबार कैलाली उद्योग वाणिज्य संघको सभाहलमा एक भेला आयोजना गर्दै वाशुदेव भट्टको अध्यक्षतामा फेन्सी व्यवसायी संघ कैलालीको तदर्थ समिति गठन गरिएको छ ।

तर्दथ समितिको वरिष्ठ उपाध्यक्षमा जयराज पाण्डेय,उपाध्यक्षमा शिव बहादुर भुल,महासचिवमा मदन बहादुर थापा,सचिवमा रेखा बास्तोला र कोषाध्यक्षमा शुवास कुमार गुप्ता वर्णवाल सर्वमम्मत विजयी भएका छन । भेलाबाट प्रकाश गुरागाइँ,विष्णु प्रसाद अवस्थी,यशोदा अधिकारी,टेकेन्द्र शर्मा र दिनेश कुमार मल्ल सदस्यमा सर्वसम्मत चयन भएका हुन ।


भेलाले सल्लाहकार समित समेत चयन गर्नुका साथै संस्था दर्ता प्रक्रियाका लागि पनि अगाडी बढ्ने गरी निर्णय गरेको छ ।तदर्थ समितिका महासचिव मदन बहादुर थापाले सबै व्यवसायीहरुका संघ संस्था भएपनि बजारमा सबैभन्दा बढी व्ययवसायी भएको फेन्सी व्यवसायीको समस्या सुन्ने,गाह्रो अप्ठ्यारोमा हेर्ने संघ संस्था नभएका कारण आवश्यकता महशुस गरी फेन्सी व्यवसायी संघ कैलाली दर्ता गर्न लागको बताए । उनले अहिलेलाई धनगढी आसपासकै साथीहरु बसेर तदर्थ समिति गठन गरेपनि छिट्टै,अत्तरीया हाइवे,लम्की र टिकापुरका साथीहरु समेट्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply