You are currently viewing प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगरकोटी र सदस्य सचिवमा रामलाल जोशी सिफारिस

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगरकोटी र सदस्य सचिवमा रामलाल जोशी सिफारिस

३२ असार,२०८३ : नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीको नाम सिफारिस भएको छ । उपकुलपतिमा अभिनाश श्रेष्ठ सिफारिस भएका छन् । प्रज्ञा प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले नगरकोटीलाई कुलपति र श्रेष्ठलाई उपकुलपतिमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

यस्तै साहित्कार रामलाल जोशीको नाम सदस्य सचिवका रूपमा सिफारिस भएको छ । प्रतिष्ठानको प्राज्ञ सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलासी, प्रतिसरा सायमी र कृष्ण सर्वहारी सिफारिसमा परेको स्रोतले जानकारी दिएको छ। मन्त्रालय स्रोतका अनुसार कुलपतिका लागि ब्रजेश खनालको नाममा पनि चर्चा भएको थियो । खनाललाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिफारिश गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा नयनराज पाण्डे,शिवानी सिंह थारु,विना थिङ,मञ्चला झालगायतको नाममा पनि चर्चा भएको थियो । तर उनीहरुले प्रज्ञामा जान अस्वीकार गरेको स्रोतको दाबी छ ।

छनोट समितिको संयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल थिए भने सदस्यहरूमा नारायण ढकाल र अर्चना थापा थिए । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका नामबारे अन्तिम निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply