You are currently viewing गएराती धनगढीमा मोटरसाइकल दुर्घटना, युवतीको मृत्यु

गएराती धनगढीमा मोटरसाइकल दुर्घटना, युवतीको मृत्यु

१७ श्रावण २०८३,धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-८ सेतोपुलमा गएराति ११ बजेतिर से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा चांैधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा राति करिब ११ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ बस्ने ३६ वर्षीय बिनोद चौधरी घाइते छन् । चौधरीको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था समान्य छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply