You are currently viewing नेपालले पुनःएसिया कप खेल्ने सम्भावना

नेपालले पुनःएसिया कप खेल्ने सम्भावना

एसीसी मेन्स प्रिमियर कप क्रिकेट अगष्ट ३० देखि मलेसियामा हुने भएको छ । एसियन क्रिकेट काउन्सिलले आफ्नो वेवसाईटमा प्रिमियर कपको तालिका राखेको छ । जस अनुसार नेपालको पहिलो खेल साउदी अरेबियासँग हुनेछ ।

एसिया कपको छनोटको रुपमा रहने प्रिमियर कपमा नेपालको समूहमा साउदी अरब, बहराइन, मलेसिया र हङकङ छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ र समुहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको शीर्ष ३ टोली अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा छनोट हुनेछन् ।

नेपालले यसभन्दा अघि घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा युइएलाई पराजित गर्दै पहिलोपटक एसिया कपमा सहभागीता जनाएको थियो । जहाँ नेपालले भारत र पाकिस्तान जस्ता विशव क्रिकेटका महाहस्तीसँग खेल्ने अवसर पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply